शुक्रबार, वैशाख १४, २०८१

‘ध्यानलाई एकीकृत गर्न सके चिन्ता कम हुन्छ’ (भिडियोसहित)

नेपालखोज २०७८ भदौ १८ गते ७:४६

हाइलाइट्स :

-चिन्ताको स्रोत के-हो भने हामी कुन ‘टाइम जोन’मा बाँचिरहेका छौं याद गर्न जरुरी हुन्छ । हामीहरू विगत, वर्तमान र भविष्यमा बाँचिरहेका छौं । जस्तो कि जो व्यक्तिहरू भविष्यमा बाँचिरहेका हुन्छन् भोलिकै दिनको मात्र सम्झना गरिरहन्छन्, भोलिकै कुराहरूलाई लिएर मन छटपटाउँछ भने त्यसलाई चिन्ता भनिन्छ । यो अधिकांश मानिसमा हुन्छ ।
-तपाईंहरूको दिमाग अथवा सोचाइ भविष्यतिर जान्छ भने भविष्यलाई बिर्सिएर वर्तमान समयमा कसरी बाँच्ने, यही समयमा कसरी चल्ने, वर्तमान स्थितिलाई कसरी बुझ्ने जस्तो कुराहरूमा विशेष ध्यान दिनुपर्छ ।
-आफैंभित्र आउने सोचाइहरूलाई नियानेर याद गर्नुपर्छ र आफ्ने सोचाइलाई अन्त जान नदिने । जसरी हुन्छ वर्तमानमै फर्काउने कोसिस गर्नुपर्छ । जस्तो एकान्तमा बसेर श्वासप्रश्वासलाई गन्ने र ध्यानलाई एकीकृत गर्ने गर्‍यौं भने चिन्ता कम हुन्छ ।

प्रतिक्रिया