बिहीबार, जेठ २, २०८२

राम्रो नतिजा निकाल्न नसकेकोमा माफी माग्छु : अब्दुल्लाह अलमुताइरी

नेपालखोज २०७८ भदौ १८ गते ७:०२


काठमाडौं ।नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली समर्थकसँग माफी मागेका छन् ।

बिहीबार (हिजो) भएको भारतविरुद्धको खेलमा राम्रो नतिजा निकाल्न नसकेको भन्दै अलमुताइरीले समर्थकसँग माफी मागेको बताइएको छ ।

भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा १-१ गोलको बराबरीमा खेलेको थियो । पहिलो हाफमा अग्रता बनाएको नेपालले दोस्रो हाफमा गोल खान पुगेको थियो ।
अलमुताइरीले खेलबाट नेपालीलाई खुसी बनाउन नसकेको भन्दै माफी मागेका हुन् ।

प्रतिक्रिया