भक्तपुरका सबै वडामा सर्वसम्मत नेतृत्व चयनको प्रयास

नेपालखोज २०७८ भदौ १८ गते ९:२८

भक्तपुर । आजबाट सुरु नेपाली कांग्रेस जिल्ला समिति भक्तपुरको १४औं अधिवेशनअन्तर्गत वडा अधिवेशन सुरु भएको छ । आज बिहानैदेखि पार्टीको निर्धारित कार्यतालिकाअनुसार जिल्लाका चार नगरपालिकाका ३८ वडामा आज अधिवेशन सुरु भएको जिल्ला सभापति दुर्लभ थापाले आज जानकारी दिए ।

उनले भने, ‘आजबाट कांग्रेसको महाधिवेशनको चरण सुरु भएको छ, त्यसअन्तर्गत आज भक्तपुरका चारवटै नगरपालिकाका ३८ वडामा अधिवेशन सम्पन्न हुँदै छ, मैले सूर्यविनायक नगरपालिका ५ र मध्यपुरथिमि नगरपालिका ४ को वडा अधिवेशनको अवलोकन गर्दै वडा अधिवेशन सुरु हुनेछ, सबै वडामा सर्वसहमतिको नेतृत्व चयनको प्रयास जारी छ ।’

जिल्लाका करिब ५० प्रतिशत वडामा नेतृत्व चयनमा सर्वसम्मत गरिसकेको बताउँदै उनले बाँकीमा पनि नेतृत्व चयनमा सर्वसम्मतको प्रयास जारी रहेको जानकारी दिए । कांग्रेसले जिल्ला अधिवेशनका लागि केन्द्रीय प्रतिनिधि एवं निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेललाई चयन गरेर अधिवेशन सुरु गरेको छ । -रासस

प्रतिक्रिया