चौबीस घण्टामा १,७५६ जनामा कोरोना संक्रमण पुष्टि, थप २३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप १ हजार ७५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ९ हजार ७७३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५७ र ४ हजार ५६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९९ जना गरि कुल १ हजार ७५६ जनामा कोरोना भइरस संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, गत चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप २ हजार २७४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको कुल संख्या पीसीआर परीक्षणबाट ७ लाख ६७ हजार २३१ र एन्टीजेन विधिबाट ८४ हजार ६९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९४ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रममणका कारण मृत्यु हुनेको संख्या १० हजार ८ सय ९ पुगेको छ ।

प्रतिक्रिया