३५ जिल्लामा कांग्रेसको वडा अधिवेशन सकियो

नेपालखोज २०७८ भदौ १८ गते १८:०२


काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया शुक्रबार (आज) देखि शुरु भएको छ ।

महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन सक्ने तयारी थियाे ।

तर आज ३५ जिल्लामा मात्रै अधिवेशन सकिएकाे छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ५६ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएकोमा बाँकीमा २३ गतेभित्र वडा अधिवेशन हुने गरी मिति तय गरिएको छ ।

वडा अधिवेशन सकिनेमा प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर , वागमतीमा दोलखा, सिन्धुली र भक्तपुर , गण्डकी प्रदेशका तनहुँ, गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा र म्याग्दी, लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, गुल्मी, अर्घाखाँची, कर्णालीका जुम्ला, हुम्ला, जाजरकोट र दैलेख , सुदूरपश्चिम प्रदेश बझाङ, डोटी, अछाम र कञ्चनपुर, रहेका छन् ।मनाङमा भने अगाडि नै सर्वसम्मत रुपमा नेतृत्व नै चयन भइसकेको छ ।

क्रियाशील सदस्यता सार्वजनिक भएका २१ जिल्लाको वडा अधिवेशन भदौ २३ भित्र हुने निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, पाल्पामा २१ भदौमा वडा अधिवेशन हुनेछ । यस्तै बागलुङ, सल्यान, मुगु र बैतडीमा पनि २१ भदौमै वडा अधिवेशन हुनेछ ।

प्यूठान, दाङ, कालीकोट र दार्चुलामा २२ भदौमा वडा अधिवेशन हुनेछ भने नवलपुर, रोल्पा र रुकुम पश्चिममा २३ भदौमा वडा अविधेशनको मिति तय गरिएको छ ।

प्रतिक्रिया