धरानको बीपी प्रतिष्ठानमा अत्यावश्यकबाहेकका सेवा ठप्प

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कर्मचारीहरुले अत्यावश्यक बाहेकका सेवा छाडेका छन् ।
८२ दिनयता प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनरत प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुले आइतबार (आज) बाट इमरजेन्सी, कोरोना संक्रमितको उपचार र पूर्वनिर्धारित परीक्षा बाहेकमा काम छाडेको बताइएको छ ।
सरकारले आधा घण्टामा गर्ने काम पनि नगरेको बताउँदै माग सम्बोधन नभएसम्म आन्दोदन गर्ने संयुक्त संघर्ष समितिका संयोजक डाक्टर एसपी रिमालले जानकारी दिए ।
छानविनका लागि तत्काल आयोग बनाउनु पर्ने उनीहरुको माग छ् । अख्तियारको मुद्दा फास्ट ट्याकमा सम्बोधन गर्नका लागि सरकारले आग्रह गर्नुपर्ने संयुक्त संघर्ष समितिका संयोजक डाक्टर रिमाल भनाइ छ ।
एक महिनाअघि सरकारले गठन गरेको उच्चस्तरीय कार्यदलले पदाधिकारीहरूलाई कारबाही गर्न गरिएको सिफारिस र आन्दोलनरत पक्षसँग ६ बुँदे सम्झौता गरेको भएपनि एक महिनासम्म सम्झौता कार्यान्यन नभएको उनले बताए ।
आन्दोलनरत पक्षले प्रतिष्ठानका पदाधिकारीको निष्कासनको माग गर्दै प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्त गर्नुपर्ने, अनियमितता रोक्नुपर्नेलगायत माग राख्दै सुरु भएको आन्दोलनको माग सम्बोधन गर्न सरकारले चासो नदिएको संघर्ष समितिको गुनासो छ ।
प्रतिष्ठान सुधारको माग राख्दै आएको संयुक्त संघर्ष समितिले सरकारले माग सम्बोधन गर्न ध्यान नदिएपछि बिहीबार काम छाड्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया