राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन पेस
नेपालखोज
२०७८ भदौ २० गते १८:१०

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ ।
भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७ र ७८ को वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
त्यसैगरी राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आजै नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । रासस
सम्बन्धित

प्रतिक्रिया