सेयर लगानीकर्ताद्वारा गर्भनर अधिकारीको राजीनामा माग

काठमाडौं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री जर्नाधन शर्मा समक्ष नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन । पुंजीबजार सुधार संर्घष समितिका संयोजक रामकृष्ण ढकाल समितिका लगानीकर्ताहरुको समुुहले गर्भनर अधिकारीको राजीनामा माग गरेको हुन् ।
समितिले सेयर बजार सुधारको लागि बिगत लामो समयदेखि खबरदारी गर्दै आएको छ । तर यसरी खबरदारी गर्दा पनि नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारीले समग्र पुंजी बजारलाई नै धरासायी बनाउँदै लगानीकर्ताहरुको हित विपरित कार्य गरेको भन्दै गर्भनर अधिकारीको राजीनामा माग गरिएको संघर्ष समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
लगानीकर्ताहले सेयर बजार सुधारको लागि गर्भनर अधिकारीलाई राजीनामालाई पहिलो सर्त मान्दै सेयर बजार सुधारको लागि १६ बुंदे माग अघि सारेका छन् ।
यस्तो मागहरुमा राष्ट्र बैंकले एक प्रतिशतबाट एक दशमलव तीन प्रतिशत हुनेगरी बढाईएको असल कर्जा सम्वन्धी व्यवस्थालाई तत्काल संशोधन गरी एक प्रतिशत नै कायम गर्नुपर्ने, लघुवित्त कम्पनीहरुले २० प्रतिशत भन्दा माथिको बोनस सेयर वितरण गर्दा ५० प्रतिशत भन्दा माथिको रिर्जव राख्नु पर्ने अनुचित र अव्यवहारिक व्यवस्थालाई तत्कालन खारेज गर्नुपर्ने, मौलिक हक अन्तर्गत सम्पतीको हकमाथि प्रहार गरी नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा चार करोड र १२ करोडको सिमा लगाएको छ, मौद्रिक नीतिमार्फत समग्र पुंजी बजारको विकासको बाधा बनेको यो व्यवस्था तुरुन्त खारेज गर्न समितिले भनेको छ ।

प्रतिक्रिया