बिहीबार, जेठ २, २०८२

सुनको भाउमा सामान्य गिरावट

नेपालखोज २०७८ भदौ २१ गते १०:४३

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउमा सामान्य गिरावट आएको छ । छापावाल सुन आज १ सय रुपैयाँले घट्दै प्रतितोला ९१ हजार चार सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लाे दिन छापावाल सुन तोलाको ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १ सय रुपैयाँले घटेर ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन ९१ हजार रुपैयाँ कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य भने आज स्थिर रहेकाे छ । चाँदी आज तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १२ सय ३० रुपैयाँमा नै काराेबार भएकाे थियाे ।

प्रतिक्रिया