चट्याङ्गका कारण तीन जनाको अवस्था गम्भीर, सात जना बेहोस
नेपालखोज
२०७८ भदौ २१ गते ११:११

ओखलढुंगा । ओखलढुंगामा गएराती परेको चट्याङ्गका कारण तीन जनाको अवस्था गम्भीर रहेकाे छ ।
सात जना बेहोस भएका छन् । गम्भीर हुनेहरूमा विष्णुकुमारी खड्का, तुलसा धमला र अनिषा खड्काको अबस्था गम्भीर रहेको बताइएको छ ।
उनीहरु तीनै जनालाई ओखलढुंगा सामुदायिक अस्पताल लगिएको छ । सिद्धिचरण नगरपालिका १० बेतिनीका घरमा चट्याङ्ग परेकाे जनाइएकाे छ ।
चट्याङले बेहोस भएका अरुको अवस्था सामान्य रहेको छ । चट्याङले एक दर्जन बढि घरमा क्षति पुगेकोे र गाई र भैसी गरी आधा दर्जन बढी चौपाया मरेको जनाइएको छ ।
सदरमुकामबाट प्रहरी टोली घटनास्थल पुगेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया