बिहीबार, जेठ २, २०८२

सिआईबीको इन्सपेक्टर हुँ भन्दै हिँड्ने पक्राउ

नेपालखोज २०७८ भदौ २१ गते १३:०९

बाँके । सिआईबीको इन्सपेक्टर हुँ भन्दै डर त्रास देखाई धम्क्याउदै हिँडेको अभियोगमा एक जना प्रकाउ परेका छन् ।


कोहलपुर नगरपालिका–११ बसपार्क क्षेत्रमा रहेका होटल तथा पसलहरूमा गई आफू धम्क्याउदै हिँडेको अभियोगमा सल्यान दार्माकोट गाउँपालिका–२ बस्ने ३२ वर्षीय दिपेन्द्र रोकायलाई प्रहरीले पक्राउ गरेको छ ।


उनले होटल तथा पसलहरूमा धम्क्याउँदै सर्वसाधारणलाई अनावश्यक हैरानी दिईरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया