बिहीबार, जेठ २, २०८२

पुँजी बजारको समस्या समाधान गर्न अर्थ मन्त्रीको आग्रह

नेपालखोज २०७८ भदौ २१ गते १४:१७

काठमाडौं । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थ मन्त्री जनार्दन शर्माले आज (सोमबार) गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन् ।

कुराकानीका क्रममा अर्थ मन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन् । उनले कहाँ–के सुधार गर्नुपर्ने हो सुधार गरेर पुँजी बजारको समस्या समाधान गर्न भनेका छन् ।
जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाइ परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया