निजामति कर्मचारीले आज पनि लगाए कोरोनाविरुद्धको खोप

नेपालखोज २०७८ भदौ २१ गते १४:५५

काठमाडौं । निजामति कर्मचारीहरुले सोमबार पनि कोरोनाविरुद्धको खोप लगाएका छन् । सोमबार निजामति सेवा दिवस २०७८ को अवसर पारेर निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले सिंहदरबारमा आयोजना गरेको खोप विशेष कार्यक्रममा खोप लगाउन बाँकी रहेका निजामति कर्मचारीहरुले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

कर्मचारीहरुले कोरोनाविरुद्धको भ्याक्सिन अनिवार्य पाउनु पर्ने दबाव दिएको र सरकारले पनि सबैलाई भ्याक्सिन उपलब्ध गराउने उदेश्य रहेकोले खोप लगाउन बाँकी रहेका तथा छुटेका निजामति कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले जानकारी दिए ।

उनले पहिला सरकारले निजामति कर्मचारीहरुलाई भ्याक्सिन लगाउनु भन्दा कोहीले डराएर र कोहीले बाध्यतावस उपस्थिती जनाउन नसक्दा अहिलेसम्म कोरोनाविरुद्धको भ्याक्सिनबाट वञ्चित भएको उनले बताए ।

कार्यवाहक अध्यक्ष पोखरेलले पहिलो डोज नलगाएका निजामति कर्मचारीलाई पहिलो र पहिलो लगाएर दोस्रो डोजको प्रतिक्षामा रहेकाहरुलाई पनि भ्याक्सिन उपलब्ध गराएको बताए । कोरोनाविरुद्धको भ्याक्सिन लगाउन बाँकी रहेका सबै निजामति कर्मचारीहरुले काठमाडौंमा सिंहदरवार र बाहिरी जिल्लाहरुमा सिडिओ कार्यालबाट लगाउन सक्नेछन् ।

प्रतिक्रिया