बुधबार, जेठ १, २०८२

अब उपत्यकाका विद्यालय खुल्ने !

नेपालखोज २०७८ भदौ २१ गते १७:०८

काठमाडौं । काठमाडौं ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र काठमाडौं उपत्यकाका पालिकाहरूको बैठकले विद्यालय खोल्ने निर्णय गरेको छ ।

साेमबार (आज) बसेकाे तीन जिल्ला प्रमुखहरूकाे बैठकले उपत्यकाका विद्यालय आउँदो असोज १ गतेदेखि खुल्ने निर्णय गरेका हुन् । अनलाइन कक्षा प्रभावकारी नभएको अवस्थामा विद्यालय खोल्ने निर्णय भएकाे हाे ।

अब अभिभावक र शिक्षकसँग छलफल गरेर निर्णय गरी त्यसको जानकारी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(डीसीसीएमसी) लाई दिने निर्णय भएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसअघि पालिकाहरूले डीसीसीएमसीसँगको समन्वयमा विद्यालय खोल्न पाउने व्यवस्था रहेकाले आज समन्वयात्मक बैठक बसेको र अब पालिकाहरूले विद्यालय खोल्न पाउने निर्णय गरेकाे उनकाे भनाइ छ ।

विद्यालय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गराउने जिम्मेवारी पालिकाहरूलाइ दिने बताइएकाे छ।

प्रतिक्रिया