बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपालखोज
२०७८ भदौ २१ गते १७:२२

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौंबाट पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१२ सिमपानी घर भएका ५६ वर्षीय शिवराम गजुरेललाई सोमबार (आज) प्रहरीले पक्राउ गरेको हाे।
उच्च अदालत पाटनको २०७८ असार २८ गतेको फैसलाले ७ दिन कैद तथा १३ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बालाजु शेषमती पुलबाट पक्राउ गरेको बताइएकाे छ ।
आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्याएर विकास बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया