‘नेपालले एमालेसँग प्रतिस्पर्धा गर्ने सपना नदेख्दा हुन्छ’

नेपालखोज २०७८ भदौ २२ गते १४:३२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई नेकपा एमालेसँग प्रतिशपर्धा गर्ने सपना नदेख्न भनेका छन् ।

उनले पोखरामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । हिजोको दिनमा नेकपा रहँदा पनि प्रचण्ड र माधव नेपालले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउने र पार्टी कब्जा गर्ने प्रयास गरेको उनले आरोप लगाए ।

‘विकास भन्ने चिजसँग रुची होइन वैरभाव छ । एमालेको विकासप्रेमी सरकार ढाल्न माधव नेपाल र प्रचण्ड नै लागे । माधव नेपालको प्युसो । उम्रिन पाएको छैन एमालेसँग मुकाबिला गर्ने सपना देख्छ ।’

प्रतिक्रिया