चाैबीस घण्टामा थप १,६७७ संक्रमित थपिए, २,०७२ जना डिस्चार्ज
नेपालखोज
२०७८ भदौ २२ गते १६:२२

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा १ हजार ६७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २ हजार ७२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १११ जनाको पीसीआर परीक्षणबाट १ हजार ४२३ र ३ हजार ९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी जम्मा १ हजार ६७७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया