काठमाडौं उपत्यकामा ५१९ संक्रमित थपिए
नेपालखोज
२०७८ भदौ २२ गते १७:१३

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१९ जना कोभिड संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा मात्र ३६४, भक्तपुरमा ६६ र ललितपुरमा ८९ जना संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ३१० पुगेको छ । यस्तै यस्तै उपत्यकामा ७३१० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४०१९, ललितपुरमा २०१५ र भक्तपुरमा १२७६ सक्रिय संक्रमित छन्।
सम्बन्धित

प्रतिक्रिया