बेलायतमा कोरोना संक्रमितको सङ्ख्या ७० लाख पुग्यो
नेपालखोज
२०७८ भदौ २२ गते १८:०१

काठमाडौं । बेलायतमा कोरोना भाइरसका संक्रमितको सङ्ख्या ७० लाख पुगेको छ । कोरोना भाइरसको संक्रमण सुरु भएदेखिको सङ्ख्या मंगलबार ७० लाख पुगेको हो ।
बेलायतमा हिजो मात्र एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी संक्रमित फेला परेका थिए । यहाँ केही दिनयता भाइरसका संक्रमित थपिने क्रम बढ्दै गएको छ ।
यसैगरी यहाँ गएको २४ घण्टामा ४१ हजार नयाँ संक्रमित त थपिएको पनि पाइएको जनाइएको छ । यहाँ हाल कोरोनाकै कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या पनि बढ्दै गएको पाइएको छ । बेलायतमा हालसम्म कोरोनाबाट एक लाख ३३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । बेलायतमा पछिल्लो समय लकडाउन खुला गरिएको र त्यसपछि भाइरसको सङ्क्रमण बढ्दै गएको पाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया