सुनचाँदीकै मूल्य घट्याे, आजकाे भाउ कति ?
नेपालखोज
२०७८ भदौ २३ गते ११:१५

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन आज सात सय रूपैयाँले घटेर प्रतिताेला ९० हजार सात सय रूपैयामा काराेबार भइरहेकाे सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुन तोलाको ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि सात सय रूपैयाँले घटेर ९० हजार दुई सय कायम भएकाे छ । हिजो तेजाबी सुन ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियाे ।
त्यसैगरी चाँदीको मूल्य पनि आज १० रूपैयाँले घटेकाे छ । चाँदी आज तोलाको १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया