संसदमा पारित गर्नुपर्ने अध्यादेशहरु पास गराउन पहल गर्ने माओवादी संसदीय दलको निर्णय

नेपालखोज २०७८ भदौ २३ गते १६:१५

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) ले बजेट लगायत संसदमा बाँकी रहेका अध्यादेशहरु पारित गर्नुपर्नेमा जोड दिएको छ ।

नेकपा (माओवादी केन्द्र)को सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधवार (आज) बसेको संसदीय दलको बैठकले सत्तापक्ष र प्रतिपक्षको सहमतीमा संसद्लाइ निर्वाध रुपमा चल्न दिदैँ बजेट लगायत संसदमा पारित गर्नुपर्ने अध्यादेशहरु पास गराउन पहल गर्ने निर्णय गरेको हो ।

तोकिएको समयअवधिभित्र अध्यादेशहरु पारित गर्नुपर्नेमा माओवादीको जोड रहेको प्रमुख सचेतक देव गुरुङले बताए ।

यस अधिवेशनमा अधिकतम रुपमा विधेयकहरु पास गर्न पहल गर्ने माओवादी केन्द्रले निर्णय गरेकाे छ । नेकपा(एमाले)ले सदन अवरुद्ध गर्ने भन्ने विषयमा आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै प्रमुख सचेतक गुरुङले एमालेलाई सहमतीमा अगाडी बढ्न आग्रह गरिने पनि बताए ।

गठबन्धनभित्रै सहमती नजुटेको भन्दै उनले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने बताए । एमसीसी राष्ट्रिय सहमती गर्नुपर्ने मुद्दा भएकाले एमसीसी सम्बन्धी प्रस्ताव संसदमा अगाडी नबढ्ने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया