कोरोना खोपसँगै नियमित खोप कार्यक्रम पनि विस्तार गर्न डब्ल्यूएचओको अपिल

नेपालखोज २०७८ भदौ २३ गते २१:२६

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना खोपको विस्तारसँगै नियमित खोप कार्यक्रमहरूको परिमाण विस्तार गर्न अपिल गरेको छ । काठमाडौंमा चलिरहेको दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको बैठकमा क्षेत्रीय निर्देशक डाक्टर पुनम खेत्रपाल सिंहले नियमित खोप कार्यक्रमलाई पनि उत्तिकै प्राथमिकता दिन आग्रह गरेकी हुन् ।

कोरोना महामारीका कारण नियमित खोप कार्यक्रम प्रभावित हुँदा खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूको जोखिम बढेको भन्दै उनले खोप कार्यक्रमको परिमाण विस्तार गर्नुपर्ने बताइन् । क्षेत्रीय निर्देशक खेत्रपालले महामारीका कारण दादुरा तथा रुबेला खोपको पहुँच ९४ प्रतिशतबाट ८८ प्रतिशतमा झरेको भन्दै यो जोखिमको संकेत रहेको बताए। यस्तै अरू खोपको पहुँच पनि घटेको उनले बताइन् ।

क्षेत्रीय समिति बैठक विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी क्षेत्रको नेतृत्व गर्ने निकायको वार्षिक बैठक हो । यसपालिको आयोजक राष्ट्र नेपाल रहेको यो बैठक महामारीका कारण भर्चुअल रूपमा भइरहेको छ ।

प्रतिक्रिया