एकीकृत समाजवादीको सांसद् कायम गराउन माग गर्दै सर्वोच्चमा रिट

नेपालखोज २०७८ भदौ २३ गते २१:५१

काठमाडौं । सर्वोच्च अदालतमा नेकपा (एमाले) का सांसद् सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा (एकीकृत समाजवादी) को सांसद् कायम गराउन माग गर्दै रिट निवेदन दायर गरेका छन् ।

प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले आफूहरु एकीकृत समाजवादी पार्टीमा जान चाहेको तर निर्वाचन आयोगले सनाखत नगरेको रिट निवेदनमा छ । रिट निवेदनमा उक्त विवाद किनारा नलागेसम्म नेकपा (एमाले) ले गर्न सक्ने कारबाही रोक्न आदेशको माग गरिएको छ ।

प्रतिक्रिया