शनिबार, वैशाख १३, २०८२

बाइकका नयाँ चार मोडेल, मूल्य र फिचर यस्ता !

नेपालखोज २०७८ भदौ २५ गते ७:४२

काठमाडौं । गएको अगस्तमा भारतीय बजारमा विभिन्न कम्पनीका चावटा नयाँ मोटरसाइकल लन्च भए । जसले चाँडै नेपाली बजारमा पनि उपस्थित हुने सम्भावना देखाएका छन । यी बाइक्समा होन्डा सीबी २०० एक्स, टीभीएस अपाचे आरआर ३१०, कावासाकी निन्जा ६५० तथा ट्रायम्फ स्पिड ट्विन छन् । आउनुहोस ती बाइकको फिचर र मूल्यको जानकारी लिउँ ।

होन्डा सीबी २०० एक्स
होन्डा सीबी २०० एक्समा १८४ सीसी पावर इन्जिन, सिंगल-सिलिन्डर, फोर-स्ट्रोक, एसआई इन्जिन दिइएको छ । जसले ८,५०० आरपीएम मा १७ बीपीएचको अधिकतम पावर तथा ६,००० आरपीएम मा १६.१ एनएमको पिक टर्क जेनरेट गर्न सक्छ । यो इन्जिन मल्टिप्लेट वेट क्लचका साथ स्पिड गियरबक्सले सुसज्जित छ । यसमा १२ लिटर क्षमताको पेट्रोल ट्यांकी राखिएको छ ।

भारतीय बजारमा होन्डा सीबी २०० एक्सको शोरुम प्राइस १,४४,५०० भारतीय रुपैयाँ छ ।

टीभीएस अपाचे आरआर ३१०
२०२१ टीभीएस अपाचे आरआर ३१० मा इन्डस्ट्री फर्स्ट, फ्याक्ट्री बिल्ट-टू-अर्डर (बीटीओ) सिस्टम दिइएको छ । जसको मद्दतले रियल-टाइम ट्रेक गर्न सकिन्छ । यो बाइकमा पावरका लागि ३१३ सीसीको इन्जिन जडान गरिएको छ । जसले ९,७०० आरपीएममा ३४ बीएचपीसम्म पावर र ७,७०० आरपीएम मा २७.३ एनएमको टर्क जेनरेट गर्न सक्छ ।

टीभीएस अपाचे आरआर ३१० को इन्जिन ६-स्पिड गियरबक्सले सुसज्जित छ । जुन रेस ट्युन्ड स्लिपर क्लचका साथ आउँछ । यसमा ब्लुटुथ कनेक्टिभिटीका साथ राइड-बाइ-वायर फिचर पनि छ । राइडिङको राम्रो अनुभवका लागि यो बाइकमा अर्बन, ट्रेक, स्पोर्ट र रेन जस्ता चारवटा राइडिङ मोड पनि दिइएका छन् ।

यो बाइकको शोरुम प्राइस भारतमा चार लाख नेपाली रुपैयाँ जति पर्छ । जुन नेपाल आउँदा दुईगुणा जस्तो हुन्छ ।

कावासाकी निन्जा ६५०
कावासाकी निन्जा ६५० मा ६४९ सीसीको प्यारेलल ट्विन इन्जिन दिइएको छ । यो इन्जिनले ६६ बीएचपी पावर र ६४ एनएमसम्मको टर्क जेनेरेट गर्छ । यो बाइकको इन्जिन ६-स्पिड गियरबक्सले सुसज्जित छ । जुन स्लिपर क्लचका साथ उपलब्ध हुन्छ । यो बाइक दुई नयाँ कलर अप्सनका साथ आएको छ । जसमा पर्ल रोबोटिक ह्‌वाइट र लाइम ग्रिन छन् । यो बाइकमा ४-३ इन्चको टीएफटीफ इस्ट्रूमेन्ट कन्सोल दिइएको छ जसले एपमार्फत स्मार्टफोन कनेक्टिभिटीलाई सपोर्ट गर्छ ।

कावासाकी निन्जा ६५० एक्सको शोरुम मूल्य भारतमै ६ लाख ६१ हजार रुपैयाँ छ ।

ट्रायम्फ स्पिड ट्विन
२०२१ ट्रायम्फ स्पिड ट्विनमा नयाँ ब्रेक, सस्पेसन, टायर तथा ह्‌विल्स उपलब्ध हुन्छ । यसमा पहिलेको तुलनामा बढी फिचर समेटिएको छ । यो बाइकको नयाँ एडिसनमा ३ बीएचपी पावर बढाइएको छ । यो बाइकको इन्जिन १२०० सीसीको छ जसले ७,२५० आरपीएमफमा ९९ बीएचपी पावर तथा ४,२५० आरपीएम मा ११२ एनएमसम्म टर्क जेनेरेट गर्छ । यो नयाँ बाइकमा क्रेकसफ्ट र अल्टरनेटर, नयाँ ब्यालेन्सर साफ्टर, नयाँ क्याम प्रोफाइल, रिवाइज्ड पोर्ट तथा हाई कम्प्रेसन पिस्टन्स आदि उपलब्ध हुन्छ ।

प्रतिक्रिया