विधान महाधिवेशनबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्दै

नेपालखोज २०७८ भदौ २५ गते ९:१७

काठमाडाैं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज (शुक्रबार) अपराह्न चार बजे बस्दै छ ।

बैठकमा विधान महाधिवेशन र चालु संसदमा पार्टीको भूमिकाबारे छलफल हुने बताइएकाे छ ।
एमालेले विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी गरिसकेको छ । बैठक तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ ।

प्रतिक्रिया