प्रचण्ड र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता
नेपालखोज
२०७८ भदौ २५ गते १०:०९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारबीच भेटवार्ता भएको छ ।
भेटमा करिब एक घण्टा कुराकानी भएको बताइएकाे छ । शुक्रबार (आज)बिहान भेटवार्ताका लागि उपाध्यक्ष सुमारसहितको टोली खुमलटार पुगेको थियो । यस्तै याे टाेलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गर्दै छ ।
नेपालको संसदबाट सम्झौता अनुमोदन गराउन सक्रिय कसरतमा जुटेको टोलीले हिजो एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग छलफल गरेको थियो ।
सबै नेताहरुसँगको छलफलमा सुमारले एमसीसी कुनै सैन्य रणनीति नभएकोले यसबारेको विवादलाई थप नलम्ब्याउन आग्रह गरेकी थिइन् ।
सम्बन्धित

प्रतिक्रिया