रोल्पाका ६६ वडामा सर्वसम्मत
नेपालखोज
२०७८ भदौ २५ गते ११:५२

रोल्पा । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत रोल्पा जिल्लाका ७२ वडा मध्ये ६६ मा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।
सर्वसम्मत हुन नसकेका छ वडामध्ये चारमा नेतृत्व चयन गरिएको र एक वडामा आज नेतृत्व चयन गरिने जनाइएको छ ।
“अधिवेशन हुन नसकेका एक वडामा आज अधिवेशन हुँदैछ”, कांग्रेस रोल्पा जिल्ला सभापति अमरसिंह पुनले भने रुन्टीगढी गाउँपालिका–८ को अधिवेशन हुनसकेको थिएन । जिल्लामा एक जना दलित र एक महिला वडा सभापतिमात्रै निर्वाचित भएका छन् ।
यसरी निर्वाचित हुने वडा सभापतिमा सुनिल स्मृति गाउँपालिका–४ बाट हिरादेवी पुनमगर र सोही गाउँपालिका–७ बाट रेमलाल विक रहेको सभापति पुनले जानकारी दिए । -रासस
सम्बन्धित

प्रतिक्रिया