आफ्नोमात्र अधिकारको कुरा नगर्न सांसदलाई सभामुखकाे आग्रह

नेपालखोज २०७८ भदौ २५ गते १४:०३

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेलाई सांसदहरुको अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न आग्रह गरेका छन् । नेकपा एमालेले आजको संसद बैठक अवरोध गर्दै अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर भन्दै नाराबाजी गरेपछि सभामुख सापकोटाले आफ्नोमात्र अधिकारको कुरा नगर्न आग्रह गरेका हुन् । 

 
सापकोटाले एमालेले कारबाही गरेका सांसदहरुको सूचना किन ननिकालेको भन्दै राखेको प्रश्नमा आफूले जवाफ दिइसकेको भन्दै त्यही विषय लिएर संसद अवरोधको औचित्य नभएको बताए ।

प्रतिक्रिया