बुधबार, वैशाख १२, २०८१

क्यानले पठायो पारस खड्कालाई पत्र

नेपालखोज २०७६ कार्तिक ८ गते १४:३८

८ कार्तिक,  काठमाडौं । आफ्नो राजीनामाबारे प्रस्ट पार्न आग्रह गर्दै नेपाल क्रिकेट संघ क्यानले निर्वतमान कप्तान पारस खड्कालाई पत्र पठाएको छ ।

क्यानका महासचिव अशोकनाथ प्याकुरेलका अनुसार, ‘लिखित राजीनामा आएको छैन्, राजीनामाबारे सामाजिक सञ्जाल र मिडियाबाट थाहा पाएका छाैं, यो विषय के हो, यथार्थ जानकारी दिनुस् भनेर पत्र पठाइएको छ ।’

कप्तान खड्काले गत असोज २८ मा कप्तान पद छाड्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया