सरकार भन्छ- कुल जनसंख्याको १७ प्रतिशतले लगाए कोभिड-१९ विरुद्धको खोप

काठमाडौं । नेपालमा कुुल जनसंख्याको १७ प्रतिशत जनताले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएको सरकारले जानकारी दिएको छ ।
सरकारकाका तर्फबाट अर्थमन्त्री जर्नाधन शर्मा प्रभाकारले चालु आर्थिक वर्षको प्रतिस्थापन बजेट सार्वजनिक गर्ने क्रममा यही भदौ २३ गतेसम्ममा नेपालमा कुल जनसंख्याको १७ प्रतिशत जनताले कोभिड १९ विरुद्धको खोप लगाएको जानकारी दिएका हुन् ।
कोभिड–१९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र शिथिल बनेको अर्थतन्त्रलाई पुनरूत्थान गरी चलायमान बनाउने विषय यो सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप लगाउन योग्य सबै नेपालीलाई यथाशक्य चाँडो निःशुल्क खोप उपलब्ध गराउन खोपको आपूर्तिको सुनिश्चिततासहित स्रोतको प्रबन्ध मिलाएको जानकारीसमेत दिएका छन् ।
अर्थमन्त्री शर्माले भनेका छन्, यही भदौ २३ गतेसम्म कोभिड–१९ महामारी विरूद्धको खोप ५७ लाख ३० हजार जनाले पहिलो मात्रा र ५१ लाख छ हजार जनाले पूर्ण मात्रा प्राप्तय गरिसकेका छन् ।
यो कूल जनसंख्याको १७ प्रतिशत हुन आउँछ, अर्थमन्त्री शर्माले भनेका छन् । हालसम्म खोपको एक करोड ३३ लाख ५९ हजार मात्रा नेपाल भित्रिसकेको र करिब तीन करोड मात्रा प्राप्त हुने क्रममा रहेको जानकारी पनि अर्थमन्त्री शर्माले दिएका छन् ।
कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि स्रोतको कमी हुन नदिन सरकार प्रतिवद्ध रहेको जानकारी पनि अर्थमन्त्री शर्माले दिएका छन् ।
खोप व्यवस्थापनको लागि वैदेशिक स्रोतका अतिरिक्त आन्तरिक स्रोत समेत परिचालन गर्ने प्रबन्ध गरिएको अर्थमन्त्रीको शर्माको भनाई छ ।
यस अन्र्तगत चालु खर्चतर्फ बैठक भत्ता, ईन्धन, मर्मत, कर्मचारी तालीम खर्च, सीप विकास तथा जनचेतना तालीम र गोष्ठी सम्बन्धी खर्च, कार्यक्रम खर्च, अनुगमन मूल्यांकन खर्च, भ्रमण खर्च, विविध कार्यक्रम खर्च शीर्षकमा न्युनतम १० प्रतिशतका दरले बजेट कटौती गएिको छ ।
यसरी खर्च कटौती गर्दा तत्काल बचत हुन जाने देखिएको पाँच अर्ब कोभिड–१९ को खोप खरिदका लागि उपयोग गर्ने प्रबन्ध मिलाएको जानकारी पनि अर्थमन्त्री शर्माले दिएका छन् ।

प्रतिक्रिया