पार्टी विभाजनले एमालेलाई जम्मा ९ प्रतिशत असर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर परेको बताएका छन् । शनिवार काठमाडौंमा नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित वृहत् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर गरेको बताए ।
उनले नेकपा एमालेले देशव्यापी रुपमा अभियान चलाउने बेलासम्म यो ९ प्रतिशत पनि खिइएर २ प्रतिशतमा झर्ने बताए । महासचिव पोखरेलले नेकपा एमाले अब हिजो भन्दा अझै सरिक भएर अगाडि बढ्ने बताए ।
महासचिव पोखरेलले भने, ‘केहीले कति असर पर्यो पार्टी विभाजन हुँदा भन्नुभएको छ, हामीले अध्ययन गर्दा यसको असर ९ र धेरैमा १० प्रतिशत मात्रै परेको देखेका छौँ, तर अब नेकपा एमालेले देशव्यापी रुपमा अभियान चलाएपउन यो २/३ प्रतिशतमा आइपुग्नेछ, र नेकपा एमाले हिजो भन्दा पनि अझै सबल भएर अघि बढ्छ ।’
महासचिव पोखरेलले नेपालको राष्ट्रिय राजनीति दुईवटा ध्रुवमा विभाजित भएको भन्दै केपी शर्मा ओलीले गरेको राजनीतिक ध्रुवमा आफूहरुले काम गर्ने बताए । उनले केपी ओली नेतृत्वको पोलले आर्थिक विकास र समृद्धिको कुरा गरेको भन्दै राष्ट्रिय राजनीतिको अर्को ध्रुव गठबन्धनवालाहरुमा अवसरवादी र सिद्धान्तहीनहरु मात्र भएको टिप्पणी गरे ।
महासचिव पोखरेलले पार्टीको पक्षमा उभिएर काम गर्ने हरेकलाई समेटेर अघि बढ्नु पर्ने बताए । महासचिव पोखरेलले नेकपा एमाले हिजो भन्दा पनि बलियो बन्ने हिसावले अघि बढ्ने भन्दै नेकपा एमालेमा प्रवेश गरेका नयाँ कार्यकर्ताहरुले क्रियाशील भएर काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया