पर्यटकको पर्खाइमा फेवाताल (फोटो फिचर)
नेपालखोज
२०७८ भदौ २६ गते २०:२२

काठमाडौं । पोखराको मुख्य पर्यटकीय स्थल फेवाताल झण्डै दुई वर्षदेखि सुनसान छ । कोरोना भाइरस संक्रमण फैलिए पछि फेवाताल सुनसान बसेको हो । आन्तरिक तथा बाह्य पर्यटकको मूख्य घुम्ने थलोको रुपमा रहेको फेवाताल यतिबेला पर्यटक पर्खिरहेको छ ।
कोरोनाका कारण पोखरामा व्यवसाय नै ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा आवद्ध हजारौ मजदुर बेरोजगार बनेका छन् । गएको वर्ष कोरोनाको पहिलो लहर केही साम्य भएसँगै पोखराका पर्यटन व्यवसायीमा जागेको आशा महामारीको दोस्रो लहरले भत्काइ दिएको थियो। अहिले पनि फेवातालमा विदेशी पर्यटक आउन सकेका छैनन् ।


तस्बिर : रासस
सम्बन्धित
प्रतिक्रिया