प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेकाे तयारी

नेपालखोज २०७८ भदौ २७ गते ९:२८

काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) दिउँसो १ बजे बस्ने भएको छ ।

सरकारले शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच प्रतिस्थापन विधेयक ल्याएको थियो । प्रतिस्थापन विधेयकबाट सरकारले बजेट ल्याएपछि आज पहिलोपटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

त्यस्तै रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूची रहेको संसदको सचिवालयले जनाएको छ । त्यस्तै बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ५ वटा अध्यादेश पेस गर्ने, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुई वटा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले दुई वटा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची छ । यता आजको बैठक अवरोध गर्ने एमालेले तयारी छ ।

प्रतिक्रिया