सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै
नेपालखोज
२०७८ भदौ २७ गते ९:५५

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ । बैठकमा मन्त्रिपरिषद् विस्तार, सत्ता सञ्चालन तथा अमेरिकी सहयोग परियोजनालगायत विषयमा छलफल हुँदैछ ।
शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन । देउवा नेतृत्वको मन्त्रिपरिषदमा हाल चार मन्त्री र एक राज्यमन्त्री मात्र छन् ।
सम्बन्धित

प्रतिक्रिया