सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा
नेपालखोज
२०७८ भदौ २७ गते ११:१२

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा संसद सञ्चालन, मन्त्रिपरिषद् विस्तार र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतको विषयमा छलफल गर्न गठबन्धनको बैठक बसेको बताइएको छ ।
प्रधानमन्त्री निवासमा भइरहेको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको बताइएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया