आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयकाे आग्रह
नेपालखोज
२०७८ भदौ २७ गते १५:१२

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले आइतवार (आज) विज्ञप्ति निकालेर धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षलाई धेरैजसो मागहरू सम्बोधन भइसकेको र केही विषयमा अध्ययन भइरहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको हो ।
पदाधिकारीमाथिको कारबाही अगाडि बढाउने, छानबिन प्रतिवेदन छिट्टै सार्वजनिक गर्नेजस्ता विषय मन्त्रालयले निकालेको विज्ञप्तिमा समेटिएको छ ।

सम्बन्धित

प्रतिक्रिया