प्रतिनिधिसभा एमालेको अवरोध कायमै, २९ गतेसम्मका लागि बैठक स्थगित (फाेटाे फिचर)

नेपालखोज २०७८ भदौ २७ गते १५:४२

काठमाडाैं । प्रतिनिधिसभाको बैठक एमाले सांसदहरूले अवरोध गरेका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै बैठक अवरोध गरेका थिए । एमालेका सांसदहरुको लगातारको अवरोधपछि सभामुख अग्नि सापकोटाले बैठक सहजरुपमा सचान्लन गर्नका लागि पटकपटक आग्रह गरेका थिए।

उनले वादविवाद छाडेर संवादका लागि वातावरण बनाउन सबैलाई आग्रह गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २९ गते दिउँसो १ बजे बस्नेछ ।

तस्बिरहरू रासस

प्रतिक्रिया