एकीकृत समाजवादीमा जान नपाएका सांसदलाई तत्काल कारबाही नगर्न आदेश

नेपालखोज २०७८ भदौ २७ गते १६:३०

काठमाडाैं । सर्वोच्च अदालतले नेकपा एमाले छाडेका तर नेकपा ‍(एकीकृत समाजवादी) मा जान चाहेर पनि नपाएका सांसदलाई तत्काल कारबाही नगर्न आदेश दिएको छ।

न्यायाधीश मीरा खड्काको इजलासले आइतबार सोमप्रसाद पाण्डेसहितका सांसदको रिटमाथि सुनुवाइ गर्दै भदौ २९ गतेसम्म कारबाही नगर्न र त्यो दिन दुवै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि झिकाएको हो ।

प्रतिक्रिया