बिहीबार, जेठ २, २०८२

दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशबीच बराबरी

नेपालखोज २०७८ भदौ २७ गते १९:२५

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको हो ।

आक्रामक रुपमा प्रस्तुत भएपनि दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन्। जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो । नेपालले बंगलादेशसँग दोस्रो पटक बराबरी खेलेको हो। प्रतिस्पर्धात्मक बनेको खेलमा बंगलादेशले सुरुवातमै गोलको अवसर गुमाएको थियो ।

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । बिहीबार भएको पहिलो खेलमा नेपालले २-१ को जित निकालेको थियो । एएफसी महिला एसियन कप-२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ। छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेको छ।

प्रतिक्रिया