सोमबार, वैशाख २९, २०८२

अरुण कावेली पावर लिमिटेडले १७.८९ प्रतिशत लाभांश वितरण गर्ने

नेपालखोज २०७८ भदौ २७ गते १९:५६

काठमाडौं । अरुण कावेली पावर लिमिटेडले सेयर धनीहरुलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शनिवार काठमाडौंमा भएको साधारण सभाले संचित मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजिको १७ प्रतिशतको दरले बोनश सेयर लाभांश दिने भएको हो ।

साथै कम्पनीले सेयरधनीलाई कर प्रयोजनको लागि थप ०.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत दिने निर्णय गरेको छ । पाँचथर र ताप्लेजुङको बिच भएर बग्ने कावेली नदीमा २५ मेघावाटको जलविद्युत आयोजना सञ्चालनमा रहेको छ । २०७६ कार्तिक २३ बाट व्यापारिक उत्पादन सुुरु गरेको अरुण कावेली पावर लिमिटेडले ७०.६७ करोड आम्दानी गरिसकेको छ ।

प्रतिक्रिया