शुक्रबार, चैत १६, २०८०

जवानी !

माधव ढकाल २०७८ भदौ २८ गते ११:५३
माधव ढकाल

त्यतिबेला जवानी थियो ।
तिम्रो काखको सिरानी थियो ।
सबैको प्यारो हुँदामा मेरो,
यो जीवन सधैं बिहानी थियो ।


आफ्ना त सबै हुँदामा रैछन्,
आफ्नै ठेकी मदानी थियो ।
कुनलाई रोज्ने कुनलाई छोड्ने,
मलाई त छानी छानी थियो ।

गोडा गले ऐले जवानी छँदा,
यो ज्यान त आँखाको नानी थियो ।
कठै ! जीन्दगी दया लाग्यो तेरो,
विवश छु भन्न त्यो कहानी थियो ।

प्रतिक्रिया