आइतबार, असार १५, २०८२

अफगानिस्तानका महिलाहरूले पुरुषहरूसँगै अध्ययन गर्न नपाउने

नेपालखोज २०७८ भदौ २८ गते ९:५४

काठमाडौं । अफगानिस्तानका विश्वविद्यालयमा महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने नयाँ नियम लागु गरिने जनाएको छ।

उच्च शिक्षा सम्बन्धी मामिला हेर्ने एकजना मन्त्री अब्दुल बाकी हक्कानीले महिलाहरूले पढ्न पाउने भए पनि पुरुषहरूसँगै अध्ययन गर्न भने नपाउने जनाएका छन्। उनले विद्यार्थीहरूलाई अध्यापन गराइने विषयहरूको समीक्षा गरिने पनि घोषणा गरेका छन्। सन् १९९६ देखि २००१ बीचमा तालिबान शासनका बेला अफगानिस्तानमा महिला र बालिकाहरूलाई विद्यालय र विश्वविद्यालयमा प्रतिबन्ध लगाइएको थियो। बीबीसी

प्रतिक्रिया