बिहीबार, चैत १५, २०८०

सेन्चुरी बैंकको नयाँ बचत खाता सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट सुरु

नेपालखोज २०७८ भदौ २८ गते १५:४४

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता सेञ्चुरी रेमिट प्रिमियम अकाउन्टको शुभारम्भ गरेको छ ।

एक हजार रुपैयाँ न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक पाँच दसमलव ५० प्रतिशतका दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ । यो खातामा अन्य बचत खातामा भन्दा एक प्रतिशत बढि ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निस्शुल्क उपलब्ध गरिएको बैकले जनाएको छ ।

उक्त खातामा लकर सेवा, एटिएम र अन्य सुबिधाहरुको व्यवस्था गरिएको छ । रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्तगर्न इच्छुक ग्राहकवर्गहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता सेञ्चुरी रेमिट प्रिमियम अकाउन्ट खोल्ने सुबिधा लिन सकिने छ ।

उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ । बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया