वाग्मती प्रदेश संसदीय दलको उपनेतामा खनाल चयन

नेपालखोज २०७८ भदौ २८ गते १६:१८

काठमाडौं । वाग्मती प्रदेश संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाल चयन भएका छन् । सोमबार (आज) हेटौंडामा बसेको एकीकृत समाजवादी वाग्मती प्रदेश संसदीय दलको बैठकले खनाललाई चयन गरेको हो । यसैगरी प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईं चयन भएका छन् ।

आज बसेको बैठकले गठबन्धन सरकार बनाउनका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग समन्वय गर्नका लागि संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई जिम्मा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया