आज मेघ गर्जन र चट्याङसहित वर्षाको हुने सम्भावना
नेपालखोज
२०७६ चैत ८ गते १०:१०
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभावका साथै स्थानिय वायुको समेत प्रभाव देखिएको जनाएको छ ।
शनिबार आज जारी मौसम पूर्वानुमान सूचनामा महाशाखाले हाल देशको पश्चिमि भू–भाग लगायत अन्य पहाडी भु–भागमा आंशिक बदली रहेको र बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुनेछ ।
साथै आज पहाडी भू–भागका थोरै स्थानहरूमा र तराईका १÷२ स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा भने सामान्यतया मौसम सफा रहनेछ ।
सम्बन्धित
प्रतिक्रिया