चाैबीस घण्टामा १ हजार ४८६ संक्रमित थपिए, १६ जनाकाे मृत्यु
नेपालखोज
२०७८ भदौ २८ गते १६:१३

काठमाडौं । नेपालमा पछिल्लो चाैबीस घण्टामा १ हजार ४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । साेही अवधीमा १ हजार २६० जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा १ हजार १४९ जना र ४ हजार ०७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो चाैबीस घण्टामा कोरोना भाइरस संक्रमण कारण १६ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया