‘एमालेसँग छलफल गरेर सर्वदलीय बैठक राख्न सुझाव’
नेपालखोज
२०७८ भदौ २८ गते १७:४३

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज (सोमबार) बोलाएको सर्वदलीय बैठकमा दलका नेताहरूले प्रतिपक्षी नेकपा एमालेसँग संवाद गरेर बैठक राख्न सुझाव दिएका छन् । जो सँग सम्बन्धित थियो उनीहरु नै नआए पछि बैठक बिना निष्कर्ष नपुगेको तर एमालेसँग वार्ता–संवाद गर्न सुझाव दिएको उनको भनाइ छ । प्रतिपक्षीलाई बोलाएर सर्वदलीय बैठक बोलाउन सभामुखलाई अनुरोध गरिएको पनि उनले बताइन् ।
संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा देखिएको गतिरोध अन्त्यका लागि सभामुख सापकोटाले बैठक बोलाएका थिए । तर आजको बैठकमा प्रमुख प्रतिपक्षी एमाले अनुपस्थित थियो ।
सम्बन्धित

प्रतिक्रिया