‘एमसीसी कुनै पनि हालतमा लागु हुन दिँदैनौं’

नेपालखोज २०७८ भदौ २८ गते १७:५३

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमसीसी सम्झौता कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिएका छन् ।

महासचिव चन्दले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताको अधिकारको विरुद्धमा एमसीसी रहेको उल्लेख गर्दै त्यसलाई स्विकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको दावी समेत गरे । उनले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने सो सम्झौताको विरुद्धमा उभिन देशभक्त, क्रान्तिकारी शक्तिहरुलाई आह्वान समेत गरे । एमसीसीको विरुद्धमा सोमबार काठमाडौंको खुलामञ्चमा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै उहाँले नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको सम्झौता पारित गर्न कसले सक्छ ? भनि प्रश्न पनि गरे ।

महासचिव चन्दले एमसीसी सम्झौताविरुद्ध आफूहरुले झिल्को बालेको उल्लेख गर्दै त्यसलाई राँको बनाउनुपर्ने अवस्था आउन नदिन पनि सचेत गराए । उनले आफूहरुले बास्तविक अर्थमा नेपाली जनताको शासन सत्ता ल्याउन चाहेको दाबी गरे ।

प्रतिक्रिया