शुक्रबार, वैशाख ७, २०८१

स्त्री जातक र मंगल

ओम आचार्य २०७८ भदौ २९ गते ७:४८
ओम आचार्य

मंगल पुरुष ग्रह हो । यो ग्रहले कुनै पनि जातको जीवनमा पराक्रम, साहस, वीरता, अनुशासन आदिलाई प्रभावित गर्छ । स्त्रीजातकको मुख्य लक्षणमा उनीहरुको कोमलता, नाजुकता, लज्जालु स्वभाव, साहस आदिको कमी हुन्छ । जुन स्त्रीको जन्म कुण्डलीमा मंगल शुभ र मजबुत स्थितिमा हुन्छ त्यो प्रबल राजयोग हुन्छ । शुभ मंगलले स्त्रीलाई अनुशासित न्यायप्रिय र समाजमा प्रिय एवं सम्मानित बनाउँछ । स्त्रीजातकका लागि मंगल काम भावनाको प्रतीक पनि हो । मंगलको पौरुष ऊर्जा मात्रै पुरुषसम्म सीमित हुँदैन । पुराना परम्परामा देवता र राजाहरू मात्र होइन देवीहरू, रानीहरू पनि योद्धा भएका छन् ।

पूर्ण क्रोध मंगलको सिद्धान्त हुन्छ । जब मंगलले आफ्नो शत्रुबारे निर्णय लिन्छ । तब त्यो शत्रु पूरै नष्ट हुनै पर्छ । मंगलले आफ्नो कार्यलाई बीचमै छोड्दैन र यसमा दया र करुणाको भावको कमी पाइन्छ । मंगल प्रधान व्यक्तिले विशेष गरेर प्रहरी, गुप्तचर विभाग, आर्मी आदिमा जागिर खाएका हुन्छन् ।

त्यसैगरी खराब मंगलले मानिसलाई फौजदारी, लडाइँ-झगडा तथा स्त्रीमोहतर्फ आकर्षित गर्छ ।

प्रतिक्रिया