शुक्रबार, चैत १६, २०८०

नेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन मंसिर २४ र २५ मा

नेपालखोज २०७८ भदौ २९ गते १२:३६


काठमाडाैं । नेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन आगामी मंसिर २४ र २५ गते काठमाडौंमा आयोजना हुने भएको छ । कोरोना महामारीका कारण महाधिवेशन पटक-पटक स्थगन हुँदै आएको थियो ।

संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीका अनुसार संघमा करिब ८०० सदस्य आबद्ध छन् । महाधिवेशनमा विभिन्न जिल्लामा उत्कृष्ट आयुर्वेद सेवा प्रदान गर्ने तथा सम्बन्धित विषयमा योगदान दिने व्यक्तित्वलाई सम्मान गरिने उनले बताए । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ ।

प्रतिक्रिया